अपराध घटना

१५ वर्षसम्म फरार भनिएकी कमला तामाङ काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ

मंसिर २० काठमाडौं ––दोलखाको गैरीमुदीकै वीरबहादुर तामाङको हत्या आरोपमा दोषी ठहर भएकी कमला १५ वर्षपछि काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ परेकी छन् ।

दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं. १ घर भएकी ४७ वर्षीया कमला तामाङलाई घटनाको १५ वर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले आज काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

२०६७ साल असोज २० गते दोलखास्थित गैरीमुदीको आफ्नै घरमा वीरबहादुरको खुकुरी प्रहारबाट हत्या भएको थियो । उनको हत्याको आरोपमा कमलालाई अदालतले १२ वर्ष कैद सजायको फैसला गरे लगत्तै फरार रहेकी उनी घटनाको १५ वर्ष पछि पक्राउ परेको प्रहरी स्रोतले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button