Uncategorized

एनपीएलमा दाेस्राे जीत निकाल्न सफल भयाे जनकपुर बाेल्ट अनिल शाहले प्राप्त गरे ५० हजार नगद

मंसिर १७ काठमाडाैं – नेपाल प्रिमियर लिग अन्तर्गतकाे तेस्राे खेलमा जनकपुर बाेल्टले दाेस्राे जीत निकालेकाे छ ।

कीर्तिपुरकाे अन्तर्राष्ट्रय क्रिकेट मैदानमा भएकाे साेमबारकाे दाेस्राे खेलमा कडा संघर्ष गरी तैयार गरेका कर्णाली याक्स्काे १४२ रनकाे लक्ष्य जनकपुर बाेल्टले १५ अाेभरमा १४८ रन बनाएर विजय प्राप्त गरेकाे छ ।

नट अाउट रहेका जनकपुर बाेल्टका कप्तान अनिल शाहले ८६ रन हानेका छन् । कर्णाली याक्स्ले ७ विकेट गुमाएर १४१ रन बनाएका थिए । भारतीय लाेकप्रिय खेलाडी शिखर धवन १४ रनमै पेभेलियन फर्केपछि कर्णाली संकटमा परेका थिए भने हङकङका चर्चित खेलाडी बाबराले पनि जमेर खेल्न नसके पछि उनीहरू अग्रसर हुन जसकेका हुन् ।

बलिङ तर्फ पनि कर्णाली याक्स्ले साेचे अनुरुप खेल देखाउन नसक्नु नै पराजयकाे कारण बन्न पुग्याे । यस प्रतियाेगिताकाे मुख्य प्रायाेजक सिद्धार्थ बैंकले जनकपुर बाेल्टका कप्तान अनिल कुमार शाहलाइ उत्कृष्ट ब्याटिङ गरेर छक्का र चाैका हानेर प्रदर्शन गरेकाेमा रु. ५० हजारकाे चेक हस्तान्तरण गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button