काठमाडौँको तारकेश्वरमा बसकाे ढाेकाबाट खसेर दुई यात्रुकाे मृत्यु

मंसिर १५ काठमाडाैं – काठमाडौँको तारकेश्वर नगरपालिका–८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिकै बा. ४ ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जना यात्रुकाे मृत्यु भएको छ ।
नुवाकोट ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ घर भई काठमाडौँ तारकेश्वर–८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझाको मृत्यु भएको जानकारी नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले िदएका हुन् ।
बसकाे ढाेकाबाट खसेर गम्भीर घाइते भएका दुवै जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए। साेही बसबाट खसेर घाइते भएका बसका सहचालकलाई उपचारका लागि राष्ट्रिय ट्रमासेन्टर पठाइएको नायब महानिरीक्षक कार्कीले बताएका छन् । दुर्घटनापछि फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको जानकारी प्राप्त भएकाे छ।
तस्बिर साभारः नागरिक खबर