छेपारोको रंग फेर्ने विधि नेताहरूको ढंग फेर्ने नीति (तरंग उपनिर्वाचन)

-श्यामसुन्दर
मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा ठूला दलहरूले छेपारोले झैँं रङ्ग बदल्दै दोहोरो चाल चालेका छन् । नेपालका ठूला राजनीतिक दलहरूले गठबन्धन भएपनि नभएपनि सबै तहका सबै पदमा एक्लै एक्लै चुनावी प्रतिस्पर्धा गर्ने ठोकुवा गरे पनि अन्तिम अवस्थामा आएर रास्वपा बाहेकका सबै ठूला तीन दलले वचन र बोली फेरि दिएका छन् ।
स्थानीय उपनिर्वाचनमा निर्वाचन आयोगको जानकारी अनुसार मनोनयन गर्ने बेला सम्म ४०१ जना उमेदवारले नाम दर्ता गरिए पनि नाम फिर्ता लिने आयोगको समयसम्म आइपुग्दा ३१ जनाले नाम फिर्ता लिएपछि अन्तिम नामावलीमा ३७६ जना रहन पुगेको छ ।
यता निर्वाचन आयोगले आचारसंहिताको नियम लगू गरिएपछि निर्वाचन सम्बन्धी प्रचारप्रसार, गतिविधि केही गर्न नपाउने भनिए पनि राजनीतिक दलहरूले रातारात उमेदवार हटाउने, फेर्ने र गठबन्धन गर्ने प्रक्रियालाई निरन्तरता दिन छाडिएको छैन । प्रमुख दल मानिएका नेकपा एमाले र नेपाली काँग्रेसले नेकपा माओवादी र रास्वपालाई पराजय गर्ने लक्ष्य सहित सम्भावित ठाउँमा र आ–आफ्नो पकड जमेको ठाउँमा उमेदवार हेरफेर गर्न पछि परेका छैनन् । उता तेस्रो ठूला मानिएका नेकपा माओवादी र एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि एक अर्कामा समाहित हुँदै तालमेलमै व्यस्त रहे ।
रास्वपा भने कुनै राजनीतिक दलसँग साँठगाँठ नगर्ने आवश्यकता अनुसार स्वतन्त्र व्यक्तिलाई नै सहयोग गर्ने पक्षमा पुगेका छन् । ८४ सम्म आफ्नो पकड जमाउने लाइनमा रहेको रास्वपालाई खसाल्ने रणनीति बनाउँदै अध्यक्ष रवि लामिछानेलाई सहकारी प्रकरणमा घचेट्दै हिरासतमा लिएपछि रास्वपा अन्योलमा रहेका छन् तथापि २७ स्थानमा उमेदवारी दिएको जानकारी प्राप्त भएको छ ।
प्रमुख राजनीतिक दलहरूले चुनावमा एक्लै लड्ने घोषणा गरेर आफूलाई शक्तिशाली पार्टी देखाउने नीति अपनाए पनि अन्तमा इो नीतिले कूटनीति चाल खेल्न थालेको देखिन्छ । ती पाार्टीका बैठकहरूबाट पनि एक्लै चुनावमा होमिने निर्णय समेत गरेका थिए तर व्यवहारमा भने दलहरूले कतिपय ठाउँमा चुनावी गठबन्धन गरेरै छाडे । जसमा दुई प्रमुख दुई राजनीतिक दल कांग्रेस र एमाले पनि अछुतो रहेनन् ।
दुई जिल्ला समन्वय समिति प्रमुख समेत गरी ४४ पदमा हुन लागेको चुनावमा दुवै दलले ४२–४२ उमेदवार खडा गरेको भएपनि चुनावी तालमेल गरेर मतदाता र कार्यकर्तालाई समेत अन्योलमा पार्न सफल भएका छन् । कांग्रेस र एमालेको सहकार्य रुकुम, काठमाडौं महानगरपालिकाको १६ नं. वडा, कीर्तिपुर लगायत अन्य ठाउँमा पनि रङ्ग र ढंग दुवै फेरेका छन् । यही प्रक्रियामा नेकपा माओवादीले पनि रङ्ग फेर्न कुनै कसर बाँकी राखेका छैनन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिरिएपछि आफ्नो ध्यान पार्टी बनाउने केन्द्रित रहेकोले निर्वाचनमा एक्लै लड्ने अर्थात् कसैको साहरा नलिने भनेको भएपनि उनी आफ्नो निर्णयमा अडिग रहन सकेन । काठमाडौंको कीर्तिपुर नगरपालिका मेयरमा उसले प्रा.शिवशरण महर्जनलाई साझा उमेदवार बनाएको छ । माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको हो । मेयरमा समर्थन गरेवापत् माओवादीले एकीकृत समाजवादीलाई काठमाडौं वडा नम्बर १६ को वडाअध्यक्षमा पदमा सघाउने निर्णय गरेको छ ।
१६ नं. वडामा एकीकृत समाजवादीको तर्फबाट मीनबहादुर मानन्धर उमेदवार बनाएर उता । कीर्तिपुर वडा नम्बर १ को वडा अध्यक्षको जसपालाई छाडेको छ । जसपाका सरल गोपाल महर्जन माओवादीको चुनाव चिह्नबाट उमेदवार बनेका छन् त्यसैगरी पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादीले एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेर पहिलेको वचन फेरेर छेपारोको रङ्गको उखानलाई चरितार्थ गरेको छ ।