
२३ कार्तिक काठमाडौं– नेपाली चलचित्रको इतिहासमा सामाजिक चलचित्रले फड्को मारिरहेको छ । हिन्दी र अंग्रेजी चलचित्रमा मोहित भएका नेपाली दर्शकहरू पछिल्लो दशकमा आएर नेपाली चलचित्रमा झुम्मिन थालेका छन् ।
देशभरका हलहरुमा ‘पूर्णबहादुरको सारंगी’ले अप्रत्याशित रूमा ऐतिहासिक कदम चाल्दै अपार दर्शकहरूकोे मन जित्दै गरेको खबरले उत्साहित हुँदै चलचित्र स्थगित गर्ने निर्णय गरिएको निर्माण टिमले सूचना मार्फत जानकारी दिएको छ ।

ट्राइसिटी पिक्चर्सले शुक्रबार एक सूचनामार्फत् ‘पूर्णबहादुरको सारंगी’ले दर्शकबाट पाइरहेको मायाप्रति सद्भाव व्यक्त गर्दै पूर्णबहादुरको सारंगीले दर्शकको साथ पाएको अवस्थामा नयाँ चलचित्र आउँदा चलचित्र घरहरुले नो बाँडफाँड गर्नुपर्ने अवस्थाको सिर्जना हुने हुँदा दर्शकको साथ प्राप्त चलचित्र समेतलाई असर पर्ने सम्भावना रहने भएकाले इतिहास कायम गर्ने बाटोमा रहेको चलचित्रलाई सहज बनाइदिनु आफ्नो दायित्व हो भन्ने मान्यता राख्दै ‘केटी हराएको सूचना’ चलचित्रको प्रदर्शन हाललाई स्थगित गरिएको अभिव्यक्ति सहित प्रदर्शनको अर्को मिति सार्वजनिक गरिने जन जानकारी गराएको छ ।

बाबु र छोरा बीचको अन्तरंग जीवन सम्बन्धको माझमा रहेको संघर्षशील यो चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन रहेको छ । यस फिल्ममा विजय र प्रकाश सपुत सँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, एलिसा बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।
यो विशुद्ध सामाजिक नेपाली चलचित्र सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् ।