प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, इसारा कुलमान घिसिङतर्फ

१३ कार्तिक काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएको चर्चाले व्यापकता पाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गरी बैठक हुन लागेको जानकारी एक विशेष स्रोतले दिएका छन् । मंगलबार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा निर्देशक घिसिङबारे निर्णय लिने तयारी रहेको पनि स्रोतले जनाएको छ ।
सूचना सम्प्रेषणको निकट स्रोतका अनुसार डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महशुल नतिर्ने व्यवसायीको लाइन काटिएकोबारे निर्णय लिनेगरी गृहकार्य भइरहेको बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणले बारम्बार लिखित र मौखिक सूचना सहितको ताकेता गर्दा पनि केही उद्योगीहरूले आलटा गरी अटेरी स्वभाव देखाउन नछाडेपछि समयसीमा तोकेर आग्रह गरेको तर ती उद्योगीहरूले केन्द्रीय स्तरका नेताहरूको चालबाजीमा लागेर बक्यौत नतिरेको देखिएकोले लाइन काटिएको भन्ने जानकारी निकट स्रोतले बताएका छन् ।
देश प्राकृतिक प्रकोपले ग्रसित भएको अवस्थामा पैसै नतिर्ने उद्योगीहरूको बिजुलीको लाइन जोड्ने र जोडाउने प्रक्रियामा सत्तापक्ष लागिपर्नु सही हो या गलत हो समयले देखाउनेछ भन्ने समाचारले प्राथमिकता पाएको छ ।