Breaking NewsHeadlineखेलकुदसमाचार

दशरथ रङ्गशाला तनावको स्थितिमा रेखा पौडेललाई बिना गल्ती दिए रातो कार्ड, नेपालको गोललाई मान्यता नदिएपछि खेल अवरुद्ध ।

रेफ्रीको गलत निर्णयको कारण नेपाली महिला खेलाडी रेखा पौडेलले रेडकार्ड दिएको र नेपालले गरेको गोलको मान्यता नपाएपछि विवाद सृजना भएको छ ।

रेखाले बल हान्ने क्रममा फलको संकेत दिंदै रेफ्रीले दोस्रो पहेँलो कार्ड देखाएको हो । खेलको नियमानुसार एकै खेलमा दुईवटा पहेँलो कार्ड पाएपछि स्वतः रातो कार्ड पाउने प्रावधान छ । तर रिप्लेमा हेर्दा फल देखिएको छैन ।

त्यसैगरी भारतले गोल गरेपछि रेफ्रीकै निर्देशनमा चालू भएको खेलमा नेपालले गोल गरेपछि मान्यता दिइएन । कारण बन्यो भारतीय महिला खेलाडीहरू आफ्नो पोष्टमा नभएको भन्ने । तर खेलको नियमानुसार जसले गोल गरेपनि १० सेकेण्ड भन्दा बढी समय लिएर खुशीयाली मनाउन नपाइने नियम रहेको छ ।

ऋर्कोतिर रेफ्री स्वयम्ले खेल सञ्चालन गराएर गोल भइसकेपछि मान्यता नदिनु दोस्रो गल्ती देखिएको छ । नेपाली महिला खेलाडीहरू लगायत दर्शकदीर्घाबाट चर्को विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button