Breaking Newsखेलकुदसमाचार

नेपाल महिला साफ च्याम्पियनिसप २०२४काे सेमिफाइनलमा प्रवेश , श्रीलंका ६-० गाेल अन्तरले पराजित, सेमिफाइनलमा भारतसँग भिड्ने

नेपाल र श्रीलंका बीच भएकाे कार्तिक ८ गतेकाे महिला फुटबलमा नेपालले श्रीलंकालाइ ६-० शून्य गाेलले पारजित गर्दै समूह चरणमा शीर्ष स्थानमा उक्लेकाे छ । याे जीतसँगै अब नेपाल भारतसँग सेमिफाइनल खेल खेल्नेछ ।

नेपाल फेरि डिफेण्डिङ्ग च्याम्पियन भारतसँग सेमिफाइनल खेल खेल्न आजकाे खेलले महत्वपूर्ण भूमिका खेलेकाे छ । आजकाे खेलमा पाँच गाेलसम्म मात्र गरेकाे भए बङ्गलादेशसँग खेल्नुपर्ने थियाे । ६ गाेल गरेर नेपाल समूह बीकाे शीर्ष स्थानमा पुगेपछि सेमिफाइनल समीकरण बदलिएकाे हाे ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६-० गोलले हरायो । नेपालका लागि रेखा पौडेलले २ तथा सावित्रा भण्डारी, सबिता राना मगर, रश्मीकुमारी घिसिङ र अमिशा कार्कीले समान १ गोल गरेका छन्र।

योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । भुटान समूह ‘बी’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई १३-० गोलले हराएकाे थियाे । समूह ‘ए’ बाट बङ्गलादेश विजेता बन्दै र भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन् ।

अब सेमिफाइनलमा नेपालले भारतसँग र बङ्गलादेशले भुटानसँग खेल्नेछ । सेमिफाइनल खेल आउँदो आइतवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button