Breaking Newsसमाचार
रवि लामिछाने पुनः ७ दिन हिरासतमै राख्न कास्की जिल्ला अदालतकाे अनुमति

८ कार्तिक कास्की पाेखरा । न्यायाधीस चन्द्रकान्त पाैड्यालकाे इजलासले रवि लामिछाने माथि लागेकाे दाेषकाे अनुसन्धान अझै बाँकी रहेकाे संकेत देखाउँदै थप ७ दिन हिरासतमै राख्न प्रहरीलाइ अनुमति दिइएकाे जानकारी प्राप्त भएकाे छ ।
कास्की जिल्लामा बयानका लागि उपस्थित गराइएका पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछाने र पूर्व डिअाइजी छविलाल जाेशीलाइ अाज अदालतमा उपस्थित गराइएकाे थियाे ।
कास्की जिल्ला अदालतले यसभन्दा अघि पनि अनुसन्धानकै लागि भनेर ६ दिनकाे म्याद दिएर बयान लिइएकाे थियाे । तर बयान भने दुइ दिन मात्र लिएर अालटाल गरी समय बिताइरहेकाे जानकारी एक विशेष स्राेतले दिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?