६ कार्तिक काठमाडौं– नेपाल राष्ट्र बैंकले अमेरिकी डलर र कुवेती दिनारको मूल्य बढेपनि युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राको मूल्य घटेको तथ्यांक सार्वजनिक गरेको छ ।
आज मंगलबार अमेरिकी डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको देखाउँदै युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राको विनिमय दर भने सस्तिएको नेपाल राष्ट्र बैंकले जानकारी गराएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा रहेको छ ।
त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३० पैसा कायम भएको जनाउँदै पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ६४ पैसा निर्धारण भएको जनाएको छ ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १० पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०६ पैसा कायम भएको बताएको छ ।
सम्पूर्ण विवरणः
