Highlightsखेलकुदसमाचार

सावित्रा भण्डारीको अभाव खट्कियो नेपाली महिला फुटबल खेलमा, भुटानको ऐतहासिक फड्को दशरथ रंगशालामा

मध्यान्तर अगाडिसम्म ५० मिनेटको खेल खेल्दा पनि पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् नेपाली महिला फुटबल खेलाडीहरूले विपक्षी गोलपोष्टमा बल पुर्याउन धेरै अवसर प्राप्त गर्यो तर अत्तालिएर खेल्नाले गोल गर्नबाट चुके । भुटानी गोलरक्षिकाले नेपाली खेलाडीको हरेक आक्रमणलाई विफल तुल्याउन सफल भइन् ।

मध्यान्तर पछाडि पनि भुटानी किशोरी खेलाडीहरू नेपाली खेलाडीहरू कमजोरीलाई राम्रैसंग आंकलन गरे र आफूले गोल गर्न नसके पनि गोल गर्न नदिने दाउपेच खेलेर नेपालको प्रयासलाई विफल बनाइदिए ।

नेपालकास् चर्चित महिला खेलाडी साबित्रा भण्डारीको अभाव खट्किएको स्पष्ट देखिएको थियो नेपाली किशोरी खेलाडीहरू सबिना रानामगर र पुजाले अथक प्रयास गरेपनि भुटानी गोल रक्षकको रक्षालाई तोड्न सकेनन् । अन्तिम बल सिधै गोल पोष्टमा प्रहार गरेर केही आशा जगाएको भएपनि नेपालका लागि गोलपोष्टको खम्बा वाधक बन्न पुग्यो र विगतमा भुटानमाथि ८/८, ५/४ गोल गरेर आत्मबल दह्रो पारेका नेपाली किशोरी खेलाडीहरू शून्य गोल बराबरीमा रोकिए ।

अबको दुई खेल बङ्गलादेश र भारतसंग खेल्नेछ । नतिजा राम्रै आउने नआउने दुविधामा निराश भएर फर्केका दर्शकहरूले मज्जा लिने हुन् या ‘बेकारमा हेर्न आइयो’ भन्ने हुन् त्यो भने हेर्न बाँकी नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button