Highlightsसमाचार

पश्चिम नेपालमा दशैंका लागि फर्कने नेपालीहरूको संख्या दुई लाख नाघे

२४ असोज बाँके नेपालगञ्ज । नेपाली लगायत हिन्दुहरूको महान चाड दशैं मान्नका लागि नेपाल फर्कनेहरूको संख्या २ लाख भन्दा बढी वृद्धि जारी रहेको जानकारी प्राप्त भएको छ ।

भारतबाट नेपालगञ्जको जमुनाह नाकाबाट फर्कने मात्रैको यो संख्याबारेको जानकारी इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताएका हुन् । अधिकांश नेपालीहरू सो नाकाबाटै रोजगारीको लागि भारतका विभिन्न सहरमा जाने गरेको कुरा प्रनि बुढाथोकीले जानकारी गराएका छा् ।

भारतका विभिन्न प्रान्तमा रहेका नेपालीहरू दशैं नजकिएसँगै सोह्रश्राद्ध शुरु हुनासाथ घर फर्किने क्रम सुरु भएको थियो । असोज १ देखि २२ गतेसम्म २२ दिनमा दुई लाख ३५ हजार ५५६ नेपाली जमुनाह नाका हुँदै दशैं मनाउन घर फर्किएको बुढाथोकीले बताएका हुन् ।

प्रनि बुढाथोकीको भारतबाट रोजगारी गरेर घर फर्कने नेपालीको जमुनाह नाकामा प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको र अहिले भारत जानेभन्दा आउनेको भिडभाड बढी रहेको जुन सोह्रश्राद सुरु भएयता भारतमा काम गर्ने नेपालीनागरिकहरू घर फर्किनेको संख्या दिनहुँ बढेको बताएका छन् । आगमनमा रहेका नेपालीहरू बिहान ७ बजेदेखि ११ बजेसम्म जुमनाह नाकामा घर फर्किने भिडभाड धेरै नै देख्न पाइन्छ भनेका छन् ।

नेपालमा सोचे अुरुपको रोजगारी नपाइनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने भएपछि लुम्बिनी र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन प्रतिदिन वृद्धि हुँदै जाने क्रममा पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायतका जिल्लाबाट भारततर्फ रोजगारीका लागि जाने गरेका छन् ।

अहिले भारततर्फ जाने नेपालीको संख्या कम रहेको र पछिल्लो २२ दिनमा करिब दुई लाख ५० हजार नेपाल भित्रिँदा एक लाख ६५ हजार २८१ नेपाली जमुनाह नाकाबाट बाहिरिएका छन् । दशैं मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि जमुनाह नाकामा जिल्ला ट्राफिक प्रहरीसँगको समन्वयमा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी विभागले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button