Highlightsबिशेषविचार

मूल नेताको शब्द सुधार्नमा व्यस्त शाखा नेताहरूलाई बाढी, पहिरो र डुबान पीडितप्रति छैन चासो


–प्रसन्नमान

यतिबेला नेकपा एमालेका नेताहरू एउटा नाउमा सवार भइरहेका देखिन्छन् । जुन नाउ चलाउने माझीले जता जसरी ढल्कायो उतै ढल्किेने र जता बहायो उतै बहलिने गर्नमा व्यस्त भइरहेको देखिन्छ । न कि त्यो अनुभवी माझीलाई नाउको अवस्थालाई बुझेर र नदीको बहावको अन्दाजमा नभएर बुद्धि पुर्याएर चलाउन आग्रह र सुझाव दिने आँट नै उनीहरूमा छ ।

गत शुक्रबार र शनिबार देशका विभिन्न भागमा भारी वर्षा भयो । बाढी आयो । पहिरो गयो । बस्तीहरू उजाड भयोे । कैयनको ज्यान गयो । जे हुन नपर्ने थियो त्यो भएरै छोड्यो । तर सिङ्गो देशको प्रधानमन्त्री अमेरिकाको विभिन्न स्थानका विश्व विद्यालयमा गएर ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भने झैं जहाँ गए पनि जनआन्दोलनकै चर्चा गर्ने, बालबालिकालाई युद्धमा होमेर गलत गरेको कुरालाई दोहर्याइरहने तर विदेशमा रहेका नेपाली विद्यार्थी, व्यापारी, उद्यमीलाई नेपाल फर्काएर देशलाई समुन्नत गर्ने तरिकाको व्याख्या गर्ने गरेको खासै देख्न सुन्न पाइन्न ।

अमेरिकाको एक विश्व विद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्रीले नेपाली शब्दलाई नामसँग बहुवचन प्रणाली अपनाएर बोलेको कुरालाई नेपालका सामाजिक सञ्ञ्जालले कागजको जहाज बनाएर उडाउँदै हौवा फैलाइदियो ‘डाँफेज्’ र गैंडाज्’ भनेर प्रधानमन्त्रीले नेपाली मौलिकता बिगार्यो भनेर । यहाँका सामाजिक सञ्जाललाई ‘कन्टेन्ट’ चाहिएको थियो त्यो बुझेर नै सायद प्रधानमन्त्रीले त्यो प्रसङ्ग निकाल्न खेजिएको पो हो कि ? यसको पछाडि नै लागेर एमालेका शीर्ष नेताहरू स्पष्टीकरण दिंदै जानुपर्ने चाहिँ किन ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी शब्द नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको दाबि गर्दै सञ्जालमा टीकाटिप्पणी गरिरहनु पर्ने जरुरी नै किन ? के अंग्रेजी भाषामा भाषण दिइँदै छ भन्दैमा नेपाली शब्द मिसाउनै हुदैन भन्ने कुनै संविधानमा लेखिएको छ र ?

प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणका क्रममा अङ्ग्रेजी भाषणमा ‘डाँफेज’ र ‘गैँडाज्’ शब्द प्रयोग गरेको सन्दर्भमा सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई ती शब्दको अङ्ग्रेजी नआएको भनेर मजाक गरिएको सन्दर्भमा अङ्ग्रेजी शब्द नआएर ती शब्द प्रयोग नगरेको स्पष्ट पारेर समय व्यतीत गर्नुभन्दा काभ्रेको पनौती, भूमेडाँडा, बेथाने, तेमाल, सुनकोशी, सिन्धुलीको खुर्कोट, धरानको सुनकोशी फाँट, फोक्सिङ्टार, उदयपुरको गाइघाट, खोटाङको दिक्तेल, काठमाडौंको नागढुुगा, बल्खु थापाथलि, शंखमूल, मकवानपुरको कुलेखानी, सिस्नेरी अनि चितवनको कृष्ण भिर, नारारयणगढ–मुग्लिन सडकखण्ड, धादिङको झ्याप्ले खोला, दोलखाको लामाबगर, तामाकोशी विद्युत उत्पादन क्षेत्रतिर गएर राहत बाँड्ने र गाँस र बासको व्यवस्था मिलाउने कार्यमा जुटेको भए सायद एमाले पार्टीले ‘८४’मा भोटको बाढी नै ल्याउन सफल हुन्थे कि !

अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको सो शव्दलाई सोही परिप्रेक्षमा बुझ्नु भन्दा नि प्रधानमन्त्रीले नेपालको बारेमा विस्तृत जानकारी दिने क्रममा बरु यसै नेपाली उसै नेपाली भनेर नेपाली पहिचानको हिसाबले ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग गर्नुको साटो ‘बाढीज्’, ‘पहिरोज्’, ‘डुुबान्ज्’ भनेर भनेको भए सबैको चासोको विषय बन्थे कि ? कसैले सोधि हाले पनि हाम्रो मौलिकता नै यसैमा छ भन्दा फरक के नै पर्दथ्यो र ?

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन अमेरिका गएकै बेलामा नेपालमा मनसुनी प्रभावका कारण अविरल वर्षा भएर बाढी पहिरोले गुडिरहेको गाडी, उभिरहेको घर र टहलिरहेको किसानका सबै खेतीपाती, धनजन, भौतिक पूर्वाधारका योजना, विकासमा मार्गहरू सखाप पारे । आधुनिक प्रविधिको विकासले सेकेण्ड भरमा सूुचना संसारभरमा फैलिने यो जमानामा प्रधानमन्त्रीले सबै कार्यक्रम रद्द गरेर किन फर्केनन् ? यसको जवाफ महासचिवसँग छ र ?

स्मरण रहोस् तिथि, मिति र कार्यक्रम याद नभए पनि भारतका प्रधान मन्त्री नरेन्द्र मोदी एकपल्ट भारतभन्दा बाहिर जाँदा मुम्बइमा ठूलो रेल दुुर्घटना हुँदा कार्यक्रमबाट नै फर्केको तथ्य ताजै छ । त्यस्तै नेपालमा भारतले नाकाबन्दी लगाउँदा प्रधानमन्त्री मरिचमान सिंहले र्दिको योगदान इतिहास बनेको छ ।

शब्द प्रयोग नगरेको स्पष्ट पारेर समय व्यतीत गर्नुभन्दा काभ्रेको पनौती, भूमेडाँडा, बेथाने, तेमाल, सुनकोशी, सिन्धुलीको खुर्कोट, धरानको सुनकोशी फाँट, फोक्सिङ्टार, उदयपुरको गाइघाट, खोटाङको दिक्तेल, काठमाडौंको नागढुुगा, बल्खु थापाथलि, शंखमूल, मकवानपुरको कुलेखानी, सिस्नेरी अनि चितवनको कृष्ण भिर, नारारयणगढ–मुग्लिन सडकखण्ड, धादिङको झ्याप्ले खोला, दोलखाको लामाबगर, तामाकोशी विद्युत उत्पादन क्षेत्रतिर गएर राहत बाँड्ने र गाँस र बासको व्यवस्था मिलाउने कार्यमा जुटेको भए सायद एमाले पार्टीले ‘८४’मा भोटको बाढी नै ल्याउन सफल हुन्थे कि !

गफैमा देश चलाउन तिकडम जान्ने नेपालका नेताहरू भने देशिवदेश, शहर र विश्वविद्यालयतिर रुमल्लिएर मेलमिलाप केन्द्र, जनयुद्ध जस्ता अतीतका खाका पल्टाउँदै विपक्षीलाई निष्क्रिय बनाउने तरिका बटुल्न व्यस्त भएको भन्ने विज्ञहरूको तर्कलाई समेत बेवास्ता गरेर यति भयावह प्राकृतिक विपत्ति पर्दा पनि ती पीडितलाई कुनै सम्बोधन नगरीकन बस्दा पनि शाखा नेताहरू उनैको चर्चा र ढाकछोपमा अलमलिएको देख्दा ‘जनता हेपाहाज्’ भन्दा फरक नपर्ला कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button