Highlightsअर्थ

सुनको मूल्य वृद्धिमा निरन्तरता कायमै

नेपालको बजारमा सुनको भाउ दिनप्रतिदिन आकासिंदै गएको छ । एक सातामै सुनको सुनको मूल्यमा वृद्धिदरले नयाँ रेकर्ड कायमै राखेको छ ।

आइतबार सुनको भाउ तोलामा १७ सय रुपैयाँ बढेर छापावालको भाउ प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको छ । हालसम्मको मूल्यमा यो सबैभन्दा उच्च रहेको जानकारी नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ रहेको चाँदी यस दिन १९२० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button