Headlineमनोरञ्जनसमाचार

सन् २००० की मिस नेपाल नेपाली चलचित्र ‘नरसिंहा अवतार’मा उदाउँदै

२८ भाद्र काठमाडौं । नेवार समुदायकी एक छोरी पूर्वमिस नेपाल उपाधी विजेता उषा खड्गीले नेपाली चलचित्रमा नायिकाको रूपमा देखा पर्दैछिन् ।

निर्देशक दिवाकर भट्टराईद्वारा निर्देशन हुन लागेको ‘नरसिंहा अवतार’मा उषा अभिनेत्रीको अभिनय रहने कुराको जानकारी नजिकैको स्रोतले बताएका छन् । अभिनेत्रीको रूपमा उनको यो डेब्यु चलचित्र हुने निर्देशक दिवाकर भट्टराईले बताएका छन् ।

पूर्व मिस नेपाल उषा सन् २००० अर्थात् वि.सं. २०५७मा मिस नेपाल बन्न सफल भएकी हुन् । मिस नेपाल बनेपछि उनले चारित्रिक भूमिका सबल र सक्षम बनाउन आफ्नै पेशामा तल्लीन भएर फेसन डिजाइन र बुटिक व्यवसायमा सक्रिय रहेकी थिईन् ।

केही दिनअघि मात्र सो चलचित्रमा अनुबन्धित गराउने प्रक्रियामा खड्गी र निर्माताबीच कागजी सम्झौता भएको हो । यो चलत्रिचमा यसअघि राजेश हमालसहित नीर शाह, अर्जुन श्रेष्ठ, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, समाइरा थापा, राजीवजंग बस्नेत, प्रकाश कुँवर, रमेशचन्द्र ठकुरी, अमित गिरी अनुबन्धित भइसकेको कुरा निकट स्रोतले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
1
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button