Uncategorizedअन्तराष्ट्रियसमाचार
अर्का नेपाली अमेरिकामा मृत फेला

काठमाडौं । एक नेपाली युवक अमेरिकाको मेरील्यान्डमा मृत भेटिएका खवर प्राप्त भएको छ।
४७ वर्षको शान्तलाल प्रधान मृत भेटिएको खवर नेपाली पत्रकारहरुले अमेरिकामा संचालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ। प्रधान अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका थिए र उनकाे पत्नीका साथै एक छोरी र एक छोरा रहेका जनाएको छ। उनी गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ ।
उनको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन शुरु गरिएको छ । मृत्युको कारण अहिले सम्म पत्ता नलागेको जनाइएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?