Uncategorizedसमाचार

गण्डकीमा चार मन्त्री एमालेबाट बन्दै

काठमाडौं । एमाले गण्डकी प्रदेशको सरकारमा जाने तयारीमा रहेको छ । अहिलेसम्म भागबण्डा नमिल्दा एमाले सरकारमा जान सकेको थिएन । तर अब मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय फुटाएर ७ बाट ९ बनाएपछि एमाले अब सरकारमा जाने भएको हो ।

गण्डकी सरकारमा एमालेले ४ मन्त्री पठाउने भएको छ । नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याललाई एमालेले सरकारमा पठाउने भएको छ ।

आजै एमालेका मन्त्रीहरुले शपथ लिने पनि तयारी गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button