शेयरबजार कारोबारमा भारी गिरावट । आज ५ अर्ब ओह्रालो लाग्यो

१२ भाद्र २०८१ काठमाडौँ । दैनिक उतारचढावमा रहेको सेयर बजार कारोबार रकममा आज उच्च गिरावट आएको छ ।
निरन्तर चलि आएको बजार सामान्य अंक बढ्दै गर्दा कारोबार रकममा भने उच्च गिरावट आएको नेप्से परिसूचककले जनाएको छ । आइतबार १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १३ अर्ब ७२ करोडमा खुम्चिएको छ ।
कुल साढे ३ लाख कित्ता सेयर बिक्रि गरिंदा सो कारोबार भएको हो । कारोबार रकममा अघिल्लो दिनको तुलनामा ५ अर्बको गिरावट आएको जनाएको छ । दिनभरको उत्तरचढावकाबीच नेप्से अन्तिम समयमा झिनो अंकले हरियो भएर कारोबार बन्द भएको छ ।
आज ९७ वटाको मुल्य बढ्दा १४३ वटाको घटेको छ भने ४ वटाको अघिल्लो मुल्यमै कारोबार भएको छ । यद्यपि तीनवटा कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको छ । मिडसोलु हाईड्रोपावर, लिबर्टी ईनर्जी कम्पनी र हिमालयन हाईड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हो ।