पूँजी बजार

३४ अंकले घट्यो नेप्से परिसूचक

सेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ४७ अंकले घटेको छ ।

यो सँगै परिसूचक २ हजार ९ सय ६६ दशमलव ३३ विन्दुमा पुगेको छ । आज ३ सय ३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३ सय ६६ कित्ता सेयर किनबेच हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३ सय ७६ रुपैयाँको कारोबार भएको छ ।

यस दिन नेप्से इन्डेक्स १ दशमलव १४ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव २४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ०९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ८५ प्रतिशत घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button