Headlineसमाचार

काभ्रेकाे नमाेबुद्ध सेल्फी डाँडा परिसरमा गाडी दुर्घटना ९ जनाकाे निधन

काभ्रे नमाेबुद्ध २९ जेठ २०८३ – काभ्रेको नमोबुद्धमा शुक्रबार बस दुर्घटना हुँदा काभ्रेबाट प्राप्त पछिल्लाे जानकारी अनुसार ८ जनाको मृत्यु भएको छ ।

बनेपाबाट रोशीतर्फ गइरहेको बा ३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध-२ सेल्फीडाँडामा दुर्घटनामा परेको हो । दुर्घटनाकाे कारणबारे केही जानकारी छैन ।

स्थानीय प्रहरीका अनुसार घटनास्थलबाट ८ जनाको शव निकालिएको भएपनि मृतकहरुकाे पहिचान खुल्न बाँम्की रहेकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनास्थलबाट १७ जना घाइतेहरूलाई उद्धार गरि उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए । अन्य घाइतेको उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button