Headlineखेलकुदबिशेषविचार

विश्वकपकाे मैदानमा अर्बपति फुटबल खेलाडी

अन्तर्राष्ट्रिय एजेन्सी १२ जुन २०२६ – फिफा विश्वकप २०२६ मा पहिलो पटक विभिन्न देशका अर्बपति फुटबल खेलाडीहरू मैदानमा देखिने भएका छन्।

अमेरिकी पत्रिका फोर्ब्सले सबैभन्दा धेरै कमाइ गर्ने खेलाडीहरूको सूची सार्वजनिक गरेको छ। साे पत्रिका अनुसार पहिलो स्थानमा क्रिस्टियानो रोनाल्डोले पछिल्लो वर्ष करिब ३० करोड अमेरिकी डलर कमाएका छन्।

दोस्रो स्थानमा लियोनेल मेसीले करिब १४ करोड अमेरिकी डलर आम्दानी गरेकाे छ, जसकाे कुल सम्पत्ति करिब १.१ अर्ब अमेरिकी डलर हुनेछ । यसपटककाे खेलमा मेसीले थप चार गोल गर्न सके विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्न सक्ने सम्भावना रहेकाे छ।

ब्राजिलियन खेलाडी किलियन एम्बाप्पे तेस्रो स्थानमा (९ करोड ५० लाख अमेरिकी डलर), इर्लिङ हलाण्ड चौथो (८ करोड), भिनिसियस जुनियर पाँचौँ (६ करोड) रहेकाे छ । त्यस्तै १८ वर्षीय लामिन यमल नवौँ स्थानमा, करिब ४ करोड ३० लाख अमेरिकी डलर आम्दानी, कम उमेरमै ठूलो आकर्षण रहेकाे छ । अन्य शीर्ष खेलाडीहरूमा मोहमद सलाह, साडियो माने, जुड बेलिङघम, ह्यारी केन, नेइमार पनि सूचीमा छन्।

समाचार पत्रिका फोर्ब्सले तलब, बोनस, छवि अधिकार, विज्ञापन तथा प्रायोजनबाट प्राप्त आम्दानीका आधारमा सूची तयार गरेको हो। यसपटकको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा, ४८ टोली सहभागी, १०४ खेल खेलिने भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button