भारतसँग खुला सीमा जोडिएको रूपन्देहीमा कपडा, खाद्यान्न, इलेक्ट्रोनिक्सदेखि दैनिक उपभोग्य सामग्रीसम्मको चोरी–पैठारी बढ्दो, सुरक्षाकर्मी मिलेमतोका गम्भीर आरोप
काठमाडाैँ २९ जेठ २०८३ – रूपन्देही जिल्लाकाे सीमावर्ती नाकाबाट अवैध रूपमा नेपाल भित्रिने क्रम तीव्र भएकाे चर्चाले सुरक्षामाथि प्रश्न उठ्न थालेकाे छ ।
रुपन्देहीकाे बुची, बोधवार, पिप्रहवा, मनहरापुर, भगवानपुर लगायतका भित्री नाकाहरूबाट दैनिक रूपमा कपडा, खाद्यान्न, हार्डवेयर, इलेक्ट्रोनिक्स, कस्मेटिक लगायतका सामान तस्करीका लागि प्रमुख मार्गका रूपमा प्रयोग भइरहेको आरोप लागिरहेकाे छ ।
स्थानीय व्यवसायी र स्रोतहरूले सुरक्षाकर्मीको संरक्षण तथा मिलेमतोमै तस्करी सञ्चालन भइरहेको दाबी गर्दै । सामानको परिमाण र नाकाअनुसार सुरक्षाकर्मीलाई नियमित रकम बुझाउने गरेको आरोप लागिरहेकाे छ । पछिल्ला महिनामा चामल, चिनी, मटर, प्याज, कपडा लगायतका सामग्रीको तस्करी उल्लेख्य रूपमा बढेको तथ्यांक सार्वजनिक भएकाे छ ।
भैरहवा बसपार्क क्षेत्र लामो समयदेखि तस्करी सामान संकलन, भण्डारण तथा पुनः वितरण गर्ने केन्द्रका रूपमा प्रयोग भएको आरोपसहित घुमुवा प्रहरी टोली र मुद्दा शाखामा आर्थिक चलखेल भएको गुनासो, प्रभावकारी कारबाही नभएको आलोचना बढिरहेकाे छ ।
स्राेताधारः नव जनप्रहार