
फिफा विश्वकप २०२६ः ताजा अपडेट
काठमाडाैँ जेठ २९ – १२ जुन २०२६ – एक जमानाकाे च्याम्पियन चेक रिपब्लिक माथि २-१ गाेलकाे विजय हासिल गर्दै फिफा विश्वकप २०२६ काे दाेस्राे खेलमा जीतकाे सुरुवात गरेकाे छ ।
निकै कडा प्रतिस्पर्धाकाे बीचमा दक्षिण काेरियाले चेक गणतन्त्रमाथि कब्जा जमाउन सफल भएकाे छ । अतिरिक्त समयमा झण्डै गाेल खाएकाे काेरिया गाेल रक्षकले संघर्षपूर्ण बचाउ पछि जीत दर्ता गर्न सफल भएकाे हाे ।
चेक गणतन्त्रले गरेकाे दाेस्राे गाेल रेफ्रीले अफसाइड घाेषणा गरेपछि काेरियाकाे जीत सुनिश्चित भएकाे हाे । काेरियाका ६ नं. का खेलाडीले चेक गाेल रक्षक अगाडि बढेकाे फाइदा उठाउँदै गाेल गर्न सफल भएकाे हाे ।
खेलको पहिलो हाफमा कुनै पनि टोलीले गोल गरेका थिएनन् । दोस्रो हाफको ५६ औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दक्षिण कोरियाका ह्वाङ इबोनले ६७ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
७९ औँ मिनेटमा ओ हेन्युले गोल गर्दै दक्षिण कोरियाको अग्रता बढाए । जितसँगै दक्षिण कोरियाले तीन अंक जोडेको छ ।