
विश्वकपकाे पहिलाे खेलमै ३ राताे कार्डः दक्षिण अफ्रिकाले २ मेक्सिकाेले १, खेलमा मेक्सिकाे २-० गाेलले विजयी
काठमाडाैँ २९ जेठ २०८३ ( १२ जुन २०२६) – आयाेजक राष्ट्र मेक्सिकाेले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गर्यो।
फिफाले बनाएकाे नयाँ नियमसँगै खेलमा तीन रातो कार्ड देखाइएकाे थियाे । जसमा दक्षिण अफ्रिकाले दुई र मेक्सिकोले एक राताे कार्ड पाएका थिए ।

पहिलो गोल नवौँ मिनेटमै मेक्सिकाेका जुलियन किन्योनेसले दक्षिण अफ्रिकाका गोलकिपरको गल्तीको फाइदा उठाउँदै गरे। दोस्रो गोल राउल हिमेनेजले उत्कृष्ट हेडमार्फत गरे, जुन उनको करिअरमा गम्भीर चोटपछिको विशेष क्षण थियो। उनले गोल आफ्ना दिवंगत पितालाई समर्पण गरे।
दक्षिण अफ्रिका खेलको अधिकांश समय कम खेलाडीमा सीमित रह्यो, जसले मेक्सिकोलाई थप अवसर दिलायो। खेलको अन्त्यतिर दक्षिण अफ्रिकाका थेम्बा ज्वाने र मेक्सिकोका सेजार मोन्टेसले पनि रातो कार्ड पाए।
यस जितसँगै मेक्सिकोले घरेलु समर्थकलाई उत्साहित बनाउँदै नकआउट चरणतर्फ बलियो कदम चाल्यो। अब मेक्सिकोले दक्षिण कोरिया र चेक गणतन्त्रसँग खेल्नेछ भने दक्षिण अफ्रिकाले चेक गणतन्त्र र दक्षिण कोरियासँग खेल्ने तालिका रहेको छ।
हिजाेकाे खेलिएकाे मेक्सिकाेकाे एज्टेका रंगशाला खेल मैदान त्यही हाे जहाँ ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगाे म्याराेडाेनाले उपाधी हासिल गरेका थिए ।