Headlineखेलकुदप्रदेश खबर

पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिता सिन्धुपाल्चोकको आठौं संस्करण सुरु

उद्घाटन खेलमा हेलम्बु गाउँपालिका र पाँचपोखरी क्रिकेट क्लब विजयी

काठमाडाैँ २७ जेठ २०८३ – सिन्धुपाल्चाेक जिल्लामा स्थापित प्रतिष्ठित पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिता सिन्धुपाल्चोकको आठौं संस्करण काठमाडाैंकाे तल्लो मुलपानी मैदानमा सुरु भएको छ।

काठमाडाैं जिल्लाकाे कागेश्वरी मनहरा नगरपालिकाकाे मुलपानीस्थित तल्लाे खेल मैदानमा सुरु भएकाे उद्घाटन खेलमा हेलम्बु गाउँपालिका र पाँचपोखरी क्रिकेट क्लबले विजयी सुरुवात गरेका छन् ।

पाँचपोखरी क्रिकेट क्लबले थाङपाल भ्यालीलाई १० विकेटले सजिलो जित निकाल्यो जसमा प्रतिक श्रेष्ठले ६ विकेट लिएर प्लेयर अफ द म्याच बने।

हेलम्बुले चौतारा साँगाचोकगढीलाई ७० रनले पराजित गर्‍यो । यस खेलमा सचिन लेखकले ३५ बलमा ८० रन र ३ विकेट लिएर प्लेयर अफ द म्याच बने।

प्रतियोगिता असार २ गतेसम्म चल्नेछ । ७ टोली सहभागी रहेकाे यस प्रतियाेगितामा विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक टोलीमा बागमती प्रदेशका र बाहिरका २ खेलाडी खेल्न पाउने प्रावधान छ।

संक्षेपमा: पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ, उद्घाटन खेलमा हेलम्बु र पाँचपोखरीले उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरुवात गरेका छन्।

तस्बिर स्राेताधारः हाम्राे खेलकुद अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button