क्यानेडियन हवाइ (एअर क्यानडा) पाइलटको नक्कली लाइसेन्स प्रकरण

सीएनएन एजेन्सी १० जून २०२६ – पूर्व Air Canada पाइलट Geoffrey Wall लाई करिब १७ वर्षसम्म नक्कली पाइलट लाइसेन्स प्रयोग गरेर हजारौं यात्रु उडाएको आरोपमा पक्राउ गरिएको छ।
उनले २००९ देखि २०२५ सम्म ९०० भन्दा बढी घरेलु तथा अन्तर्राष्ट्रिय उडानमा Boeing 767, 777, र 787 विमान उडाएका थिए।
उनीमाथि आवश्यक ATPL-A (Airline Transport Pilot License) नभएको अवस्थामा कप्तान बनेर उडान गरेको, नक्कली कागजात पेश गरेको र योग्यता गलत रूपमा प्रस्तुत गरेको आरोप लागेकाे छ ।
२०२५ मा नियमित प्रमाणपत्र परीक्षणमा विसंगति भेटिएपछि अनुसन्धान सुरु भयो। उनले त्यही वर्ष अवकाश लिए। अनुसन्धानलाई “Project Icarus” नाम दिइएको छ।
पाइलटले नियमित तालिम र परीक्षण पूरा गर्ने भएकाले यात्रु सुरक्षा प्रभावित नभएको, तर उचित लाइसेन्स हुनु सुरक्षा प्रणालीको महत्त्वपूर्ण तह भएको एअर क्यानडाले उल्लेख गरेकाे छ ।
Wall लाई ठगी, नक्कली कागजात प्रयोग, र नक्कली चिन्ह राख्ने आरोपमा सातवटा आपराधिक मुद्दा दायर गरिएको छ। उनी २०२६ जुन २९ मा अदालतमा उपस्थित हुनेछन्।
Air Canada का एक पाइलटले करिब दुई दशकसम्म नक्कली लाइसेन्स प्रयोग गरेर उडान गरेको तथ्य बाहिरिएपछि ठूलो विवाद र कानुनी कारबाही सुरु भएको छ।