
काठमाडाैं जेठ २५ – ८ जुन २०२६ । सिंगापुरमा भैरहेकाे एसियन गेम्स छनाेटकाे फाइनल खेलमा वर्षाले खेल राेकिएपछि डिएलएस नियमानुसार नेपाल १९ रनले विजयी भएकाे क्यानले जनाएकाे छ ।
टस जितेर पहिले फिल्डिङ राेजेकाे नेपालकाे सामु हङकङ चाइनाले २० ओभरमा ७ विकेटकाे क्षतिमा १८८ रन बनाएकाेमा नेपालले २ विकेट गुमाएर ११.३ ओभरमा ११४ सन बनाउँदै गर्दा वर्षाकाे कारण खेल राेकिएकाे थियाे ।

वर्षाले खेल अवरुद्ध हुँदा रेफ्रीले खेल नहुने जानकारी गराउँदै डिएलएस नियमानुसार नेपाल १९ रनले विजयी भएकाे घाेषणा गरिएकाे हाे ।
नेपाल र हङकङ चाइनाबीच भएकाे दाेस्राे इनिङमा नेपालका कुशल भुर्तेलले ६२ रन र राेहित पाैडेलले बनाएकाे ३३ रनले जीततर्फ उन्मुख गराएपनि वर्षाले पुरै खेल खेल्न असम्भव भएकाेले साे नियमानुसार निर्णय गरिएकाे हाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?