
काठमाडाैँ जेठ २४ – सिंगापुरमा भएको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेकाे छ ।
नेपालसँग खेलेकाे सेमिफाइनलमा ओमान १९.४ ओभरमै जम्मा ९४ रन जाेड्दा अलआउट भएका हुन् । नेपालका लागि करण केसीले ३ विकेट, सोमपाल कामी र सन्दीप लामिछाने २–२ विकेट लिए ।
ब्याटिङका क्रममा नेपालका लोकेश बम अविजित ४४ रन, कप्तान रोहित पौडेल अविजित २१ रनमा विजयी बनेका हुन् रनेपालले ९.२ ओभरमै लक्ष्य पूरा गर्दै सहज जित निकालेको छ ।
अब नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग खेल्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?