
काठमाडाैं २३ जेठ २०८३ – एसीसी महिला प्रिमियर कप मलेसियामा जारी खेलमा नेपालले हङकङविरुद्ध खेल्दैछ। खेल बिहान ७:१५ बजे सुरु भएको हो।
यस अघि नेपालले कतारलाई ८ विकेटले र भुटानलाई ५१ रनले पराजित गरेको छ भने हङकङले भुटानलाई १४ रनले र कतारलाई ८३ रनले हराएको छ।
नेपाल र हङकङ दुवै अपराजित रहँदै क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन्। आजको खेलले समूह ‘डी’ को विजेता र उपविजेता निर्धारण गर्नेछ।
कुल १८ देश सहभागी छन्। शीर्ष चार टोली महिला एशिया कप क्रिकेटमा छनोट हुनेछन्।
समूह ए: थाइल्याण्ड, म्यान्मार, जापान, बहराइन, मंगोलिया
समूह बी: युएई, ओमान, चीन, फिलिपिन्स, साउदी अरेबिया
समूह सी: इन्डोनेसिया, मलेसिया, कुवेत, सिंगापुर
समूह डी: नेपाल, हङकङ, भुटान, कतार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?