Headlineअपराध घटनासमाचार

रतुवा खोलामा भेटिएको रमा तिवारीकाे शव प्रकरणमा भारतीय नागरिक पक्राउ

झापा जेठ २०८३ – दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि गत जेठ १६ गते बोराभित्र अपरिचित महिलाको शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

सुरुमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान प्रक्रिया अघि बढाउँदै जाँदा शव दमक–८ निवासी २१ वर्षीया रमा तिवारीको भएको पुष्टि भएपछि घटनाले थप गम्भीर मोड लिएको थियो।

रमा तिवारीको हत्या प्रकरणमा प्रहरीले छोटो अवधिमै मुख्य आरोपीसम्म पुग्न सफल भएको छ। अनुसन्धानपछि करिब ३० वर्षीय भारतीय नागरिक ‘पण्डित’ थरका व्यक्तिलाई पक्राउ परेकाे छ। अभियुक्तकाे बयान अनुसार आर्थिक लेनदेन र व्यक्तिगत सम्बन्ध बीचकाे कारणले विवाद भएपछि हत्या भएको खुलेकाे छ ।

मृतक तिवारीकाे शव मोटरसाइकलमा ओसारपसार गरी बोराभित्र हालेर खोलामा फालिएको तथ्य खुलेको छ भने घटनामा प्रयोग गरिएको मोटरसाइकल बरामद, फरेन्सिक परीक्षण जारी रहेकाे छ। स्थानीय प्रहरी स्राेतले पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गर्ने तयारी गरेकाे बताएका छन्।

निष्कर्षमा रमा तिवारी हत्या प्रकरणले समाजलाई महिला सुरक्षा, सामाजिक उत्तरदायित्व र अपराध नियन्त्रणबारे गम्भीर आत्मचिन्तन गर्न बाध्य बनाएको छ। प्रहरीको प्रारम्भिक सफलता प्रशंसनीय भए पनि अन्तिम न्यायिक प्रक्रिया र दोषीमाथि हुने कारबाही नै समाजको विश्वास पुनःस्थापित गर्ने निर्णायक कदम हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button