काठमाडौं २२ जेठ २०८३ । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले सचिव कृष्णहरि पुष्करलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको कुरा मिथ्या भएको उनले जानकारी गराएका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई बिहीबार केहीबेर नियन्त्रणमा लिएर केरकार गरेको समाचार व्याप्त भएपछि उनले सो कुरा भनेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनीमाथि केरकार गरिएको बताईएको छ ।
यद्यपि उनीमाथि कुन कसूरमा प्रहरीले सोधपुछ गरेको भन्नेबारे प्रहरी अधिकारीहरूले खुलाएका छैनन् ।
मन्त्रालय स्रोतका अनुसार, उनीमाथि ‘चेन अफ कमाण्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागि सिधै प्रधानमन्त्री वालेन्द्र शाहलाई म्यासेज पठाएको आरोप छ ।
यसैवीच, सचिव कृष्णहरि पुश्करले आफू पक्राउ गरिएको भन्ने समाचार असत्य भएको बताएका छन् ।
उनले पक्राउ गरिएको भन्ने दाबी झुटो भएको उल्लेख गर्दै प्रहरीले सामान्य जानकारी लिन सम्पर्क मात्र गरेको बताएका छन् ।