
काठमाडाैँ २१ जेठ २०८३ – राष्ट्रिय जेनजी नागरिक अभियानले पूर्वगृहमन्त्री तथा सांसद सुधन गुरुङमाथि प्रहरी हिरासतमा रहेका जेनजी अगुवामाथि दुर्व्यवहार र मानसिक दबाब सिर्जना गरेको आरोप लगाएकाे छ ।
गुरुङले प्रहरी हिरासतमा रहेका जेनजी अगुवामाथि दुर्व्यवहारकाे निन्दा गर्दै संयोजक सुनिल सिंह र सह–संयोजक अजय सोडारीको संयुक्त प्रेस विज्ञप्ति जारी गरेकाे छ ।
भारतीय दूतावास अगाडि प्रदर्शनपछि पक्राउ परेका अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाइ सरकारविरुद्ध बोल्न बन्द गर्नु भन्दै धम्कीपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । साथै हिरासतमा आधारभूत मानवअधिकारको सम्मान नभएको, पिउने पानीसमेत नदिएको गुनासो विज्ञप्तिमा उल्लेख छ ।
अभियानले घटनाको स्वतन्त्र छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?