Headlineसमाचार

सार्वजनिक चासो र आरोपप्रति साइमेक्स इंकले दिए तथ्यगत स्पष्टिकरण

काठमाडौं २१ जेठ २०८३। नेपालमा बीवाइडी विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इंकले आयात तथा भन्सार जाँचपास प्रक्रियासम्बन्धी सार्वजनिक चासो र आरोपप्रति तथ्यगत स्पष्टिकरण दिएको छ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका र भन्सार जाँचपास भएका सवारीसाधनहरू प्रचलित कानुन, भन्सार नियमावली तथा निर्धारित प्रक्रियाअनुसार नै आयात गरिएका हुन्।

चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेका २२६ वटा सवारीसाधन भने हालसम्म जाँचपास प्रक्रिया सम्पन्न नभएको कम्पनीले जनाएको छ। साइमेक्सले कुनै पनि चरणमा विशेष सुविधा वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको दाबी गर्दै ग्राहकको अग्रिम बुकिङ पूरा गर्न तथा बढ्दो माग सम्बोधन गर्न नियमित व्यावसायिक योजनाअनुसार आयात गरिएको स्पष्ट पारेको छ।

कर परिवर्तनबाट बच्न खोजेको वा अनुचित लाभ लिएको भन्ने आरोपलाई कम्पनीले पूर्ण रूपमा निराधार र प्रतिष्ठामाथि आघात पुर्‍याउने खालको भनेको छ।

कम्पनीले कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने र आवश्यक सबै कागजात उपलब्ध गराउन तयार रहेको जनाएको छ। साथै, सञ्चारमाध्यमलाई आधिकारिक तथ्य पुष्टि नगरी भ्रम फैलाउने सामग्री प्रकाशन नगर्न आग्रह गर्दै नेपालमा स्वच्छ ऊर्जा र दिगो यातायात प्रवर्द्धनमा आफ्नो प्रतिबद्धता निरन्तर रहने स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button