Headlineसमाचार

आइएमई खल्ती लिमिटेड र भिजन कन्सर्न आँखा क्लिनिकबीच हस्ताक्षर

काठमाडौं २१ जेठ २०८३ – अग्रणी फिनटेक कम्पनी आइएमई खल्ती लिमिटेड र भिजन कन्सर्न आँखा क्लिनिकबीच कर्पोरेट वेलनेस सम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार आइएमई खल्तीका कर्मचारी तथा परिवारजनलाई निःशुल्क आँखा परीक्षण, चिकित्सक परामर्श, प्राथमिकताका साथ अपोइन्टमेन्ट सुविधा उपलब्ध गराइनेछ। साथै अप्टिकल उत्पादनमा ४०% सम्म छुट, ब्रान्डेड फ्रेममा २०% छुट, प्रिस्क्रिप्सन चस्मा तथा कन्ट्याक्ट लेन्समा विशेष कर्पोरेट मूल्य प्रदान गरिनेछ।

भिजन कन्सर्न आँखा क्लिनिकले डिजिटल आँखाको थकान सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ भने आइएमई खल्तीले आफ्ना कर्मचारीमाझ उपलब्ध सुविधाबारे प्रचारप्रसार गर्नेछ। सम्झौता एक वर्षका लागि लागू हुने र दुवै संस्थाले समन्वयकर्ता नियुक्त गर्ने सहमति गरेका छन्।

यस सहकार्यले कर्मचारीहरूको आँखा स्वास्थ्य संरक्षण र कार्यस्थलमा समग्र स्वास्थ्य प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button