काठमाडाैंकाे लाजिम्पाट क्षेत्रमा आगलागीः समयमै नियन्त्रण

काठमाडाैं २१ जेठ २०८३ – राजधानी काठमाडाैंकाे कामनपा- २ स्थित लाजिम्पाटकाे खुसानीटार सकुना मार्गस्थित विनोद अग्रवालकाे घरमा अचानक आगलागी भएको छ ।
साे क्षेत्रकाे खुर्सानीटार टोल सुधार समाजले आगलागीकाे खबर पाउनासाथ साईरन बजाएर सम्पूर्ण टोलवासीलाई जानकारी गराइएपछि साे आगलागी समयमै नियन्त्रणमा लिन सफल भएकाे बताइएकाे छ ।
स्थानीय वासिन्दाकाे सजगताले काठमाडौंकाे दमकल, दरबारमार्ग प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा सम्बन्धित निकायलाई तत्काल खबर गरिए लगत्तै सराेकारवालाहरू यथाशीघ्र घटनास्थलमा पुगेर आगाे नियन्त्रणमा लिइएकाले ठूलो धनजनको क्षति हुनबाट जोगिएको स्थानीय स्राेतले जनाएकाे छ ।।

स्थानीय टाेल सुधार समितिले यस्ताे आपतकालीन समयमा सतर्कता र समन्वयका साथ आगो नियन्त्रण कार्यमा सहयाेगका लागि खटिनुहुने सम्पूर्ण सुरक्षाकर्मी, अग्नी नियन्त्रण टाेली तथा स्थानीय बासिन्दाप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै यस्ताे भयावह घटना र दुर्घटनाबाट सुरक्षित रहन आग्रह गरेका छन् ।
समयमै सूचना सम्प्रेषण, समन्वयात्मक भूमिका, सतर्कता र सामूहिक प्रयासले ठूलो विपत्तिलाई टार्न सकिन्छ भन्ने उदाहरण आज पुनः प्रमाणित भएको छ।