
काठमाडाैँ जेठ २०, २०८३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।
द्विपक्षीय सहकार्य, लगानी, र क्षेत्रीय राजनीतिक संवादमा जोड दिने लक्ष्य र उद्देश्यसहितकाे लामिछाने र मोदीबीचको भेटलाई नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने अवसरको रूपमा हेरिएको छ।
लामिछानेकाे भारत भ्रमणकाे सिलसिलामा नेपालमा अनेकन् टीकाटिप्पणी हुँदै गर्दा नेपालका गृहमन्त्री स्तरमै विशाल देश भारतीका प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट हुनु कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिन्छ।
यस भेटलाई दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने प्रयासको रूपमा विशेषतः नेपालमा लगानीमैत्री वातावरण, सुरक्षा सहकार्य, र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन यस्तो उच्चस्तरीय संवादले योगदान पुर्याउने अपेक्षा गरिएको छ।