Headlineराजनितिसमाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति संविधानविद् आचार्यको आपत्ति

काठमाडौं, जेठ १७ – संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री बालेन साहले संसद्मा व्यक्त गरेको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने भनाइप्रति गम्भीर आपत्ति जनाएका छन्।

आचार्यले प्रधानमन्त्रीको भनाइलाई असामान्य, संवेदनशील र राष्ट्रिय हितविपरीत भएको टिप्पणी गर्दै यस्तो धारणा विगतमा कुनै पनि प्रधानमन्त्रीले सार्वजनिक रूपमा व्यक्त नगरेको उल्लेख गरे।

उनले यस्तो अभिव्यक्तिले नेपालले लामो समयदेखि उठाउँदै आएको सीमा विवादको अडान कमजोर पार्ने र भारतद्वारा अतिक्रमित भूमिलाई अप्रत्यक्ष वैधता दिने जोखिम रहेको चेतावनी दिए।

आचार्यले प्रधानमन्त्रीको भनाइले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न सरकार चाहँदैन वा सक्दैन भन्ने सन्देश दिन सक्ने भन्दै राष्ट्रिय स्वाधीनता र अखण्डताको विषयमा सरकार स्पष्ट, दृढ र जिम्मेवार हुनुपर्ने धारणा राखे।

उनले सम्पूर्ण देश र नागरिकहरू थप सचेत हुनुपर्ने समय आएको भन्दै राष्ट्रिय हित र सीमा सुरक्षामा संवेदनशीलता आवश्यक रहेको बताए। संविधानविद् आचार्यको टिप्पणीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रिय हित र भौगोलिक अखण्डतासँग जोडेर गम्भीर प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button