
एसियन गेम्स छनाेटकै पुरुष खेलकाे पहिलाे खेलमा चीनमाथि २२६ रनकाे फराकिलाे जीत नेपालले विजय सुरुवात गरेकाे छ ।
काठमाडाैं १७ जेठ २०८३ – एसियन गेम्स महिला छनोट अन्तर्गत तेस्रो स्थानको खेलमा नेपाल चीनसँग ५ विकेटले पराजित भएसंगै जापानमा हुने एसियन गेममा पुग्न असफल रहे ।
मलेसियामा भैरहेकाे छनाेट खेलमा घरेलु टाेली मलेशियासँग सेमिफाइनलमा पराजित भएपछि तेस्राे स्थानका लागि चीनसँग खेलिएकाे खेल वर्षाका कारण खेल ७ ओभरमा घटाइयो। जसमा नेपाल ५ विकेटले पराजित हुन पुग्याे ।
नेपालले पहिले ब्याटिङ गर्दै ५० रन मात्र बनाउन सक्यो। कविता कुँवरले २२ रन, कप्तान इन्दु बर्माले ११ रन योगदान दिए। चीनलाई डकवर्थ–लुइस पद्धतिअनुसार ४३ रनको लक्ष्य दिइयो। चीनले ७ ओभरमा ५ विकेट गुमाउँदै ४५ रन बनाएर लक्ष्य पूरा गर्यो। अन्तिम बलमा चाइ युजीले चौका प्रहार गर्दै चीनलाई जित दिलाइन्।
नेपालतर्फ रिया शर्माले २ विकेट, सीता राना मगरले १ विकेट हात पारे। यस हारसँगै नेपाली महिला टोली एसियन गेम्समा छनोट हुन असफल।