
काठमाडाैं १७ जेठ २०८३ – एशियन गेम्स क्वालिफायरमा नेपालले २० ओभरमा कुशल भुर्तेलकाे १२९, कुशल मल्लकाे ८५, राेहित पाैडेलकाे ६९ र अाशिफ शेखकाे ११ रन सहित ३१३ रन बनाएर इनिङ्स् समाप्त भएकाे छ ।

अब ३१४ रनकाे लक्ष्यसहित चीन ब्याटिङ्मा उत्रँदैछ । कुशल भुर्तेलले ४३ बलमा १२९ बनाउँदा कुशल मल्लले ४७ बलमा ८५ रन र उपकप्तान राेहितले २१ बलमा ६९ रन बनाएकाे छ । स्ट्राइक रनरेटमा पाैडेलले ३२८.५७काे दरले सबैलाइ उछिनेकाे छ ।
याे समाचार बनाइरहँदा चीनले ३ ओभरकाे खेल सकिंदा २ विकेट गुमाउँदै ९ रन जाेडेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?