Headlineसमाचारसाहित्य

मुक्तकालय नेपालको दोस्रो वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न

काठमाडौं, जेठ १६। नेपालमा मुक्तकको उन्नयन र विकासका लागि स्थापित संस्था मुक्तकालय नेपालको दोस्रो वार्षिकोत्सव आज शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ सभाकक्षमा अत्यन्त भव्य र सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रम मुक्तकालय नेपालकी अध्यक्ष निलाञ्जला भारद्वाजको अध्यक्षता तथा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ मुक्तककार रामकाजी कोनेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। संस्थाले मुक्तक तथा मुक्तककारहरूको हित र प्रवर्द्धनलाई उद्देश्य बनाएर आफ्नो दोस्रो वार्षिकोत्सव विशेष उत्साहका साथ मनाएको हो।

यस अवसरमा प्रदान गरिने “महावीर विश्वकर्मा स्मृति सम्मान” झापाको भद्रपुर निवासी सशक्त मुक्तककार अरुणा श्रेष्ठ ‘अनु’लाई समर्पण गरियो। सामाजिक यथार्थवादी तथा समसामयिक विषयवस्तुमा आधारित चोटिला मुक्तक लेखनका लागि परिचित अनु सम्मानित भएकी हुन्। सम्मानित स्रष्टाप्रति हार्दिक बधाई तथा निरन्तर साहित्यिक यात्राको शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रम तोकिएको समयमा प्रारम्भ भई निर्धारित समयसीमाभित्रै सम्पन्न भएको थियो। सभाकक्ष खचाखच भरिनु तथा सहभागी स्रष्टाहरूको उत्साहपूर्ण उपस्थितिले उत्कृष्ट व्यवस्थापनलाई प्रमाणित गरेको अनुभव गरियो।

कार्यक्रमको सफलतामा संस्थाकी सचिव देवी बास्कोटाको प्रभावकारी उद्घोषण कलाले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। साथै सफल आयोजनाका लागि अध्यक्ष निलाञ्जला भारद्वाज, संरक्षक एवं परिकल्पनाकार सुनिल अधिकारी तथा सम्पूर्ण पदाधिकारीहरू प्रशंसाका पात्र बने।

तस्बिर स्राेताधारः मुक्तक स्रष्टा उषा शेरचनकाे फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button