
काठमाडाैँ १६ जेठ २०८३ – पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कमा चलचित्र ‘सिन्दुरे जात्रा’ को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन्।
छायांकनको क्रममा घाेडाबाट लडेर भएको दुर्घटनामा उनी सामान्य चोटग्रस्त भएको र तत्काल उपचारमा लगिएको जानकारी प्राप्त भएको छ।
निर्माण पक्षका अनुसार बरालको स्वास्थ्य अवस्था स्थिर रहेको छ र चिकित्सकको निगरानीमा उपचार भइरहेको छ। दुर्घटनाले छायांकनमा केही समय अवरोध भए पनि टोलीले छिट्टै कामलाई निरन्तरता दिने तयारी गरेको छ।
यस घटनाले नेपाली चलचित्र उद्योगमा कलाकारहरूको सुरक्षा र छायांकनको जोखिम व्यवस्थापनबारे पुनः प्रश्न उठाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?