
काठमाडाैँ जेठ १६ – फागुन २१ गतेकाे निर्वाचनपछि निर्वाचित रास्वपाकाे तर्फबाट बनेकाे सरकारले तैयार पारेकाे आर्थिक वर्ष २०८३/०८४काे बजेट सन्ताेषजनक रहेकाे डा. उपेन्द्र महतोले बताएका छन् ।
सरकारको बजेटबारे डा. महताेले व्यक्त गरेको धारणा अनुसार, विदेशमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता बजेटमा देखिएको छ। यसले गैरआवासीय नेपाली समुदायलाई उत्साहित बनाएको छ।
डा.महताेले याे पनि स्पष्ट पारेका छन् कि वास्तविक लगानीमैत्री वातावरण केवल घोषणाले मात्र सम्भव हुँदैन; आगामी दिनमा नीति, नियम र कानुन कसरी निर्माण हुन्छ भन्ने कुरामा निर्भर रहनेछ।
उनकाे भनाइ अनुसार सरकारले बजेटमा उल्लेख गरेका प्रतिबद्धता व्यवहारमा उतार्न कानुनी संरचना र कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता रहेकाे छ । बजेटले एनआरएन समुदायलाई सकारात्मक सन्देश दिएको छ, तर दीर्घकालीन लगानी आकर्षित गर्न कानुनी र नीतिगत आधार मजबुत बनाउनुपर्ने चुनौती अझै बाँकी छ।