
पहिलाे सेमिफाइनलमा कजाकिस्तानद्वारा भारत ३-० सेटमा पराजित
काठमाडाैं १४ जेठ २०८३ – काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत अहिले साँझ ५ बजे राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बहुउद्देश्यीय कभर्ड हलमा नेपाल र इरानबीच सेमिफाइनल खेल हुँदैछ।
यस खेलमा नेपालको यात्रा पहिलो खेलमा भारतसँग ३–२ सेटमा पराजित भएपनि किर्गिस्तान र माल्दिभ्सलाई ३-० सेटमा पराजित गर्न सफल भएकाे हाे ।
इरानको प्रदर्शन भने अपराजित रहेकाे छ । समूह चरणमा एक सेट पनि नहारेको बलियो टोली त्यसमाथि लगातार उत्कृष्ट प्रदर्शनले नेपालका लागि कठिन प्रतिद्वन्द्वी भएकाे छ
भारतसँगको खेलमा नेपाली टोलीमा अनुभवको कमी देखिएको थियो । माल्दिभ्सविरुद्ध प्रशिक्षक जगदीश भट्टले सलिना श्रेष्ठबाहेक सबै ११ खेलाडीलाई मौका दिएका थिए ।
सेमिफाइनलमा भारत पछिल्लो दाबेदार विजेता, कजाकिस्तानसँग ३–० सेटमा पराजित भइसकेको छ
आजको खेल नेपालका लागि ऐतिहासिक अवसर हो, जहाँ घरेलु दर्शकको उत्साहले टोलीलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ।