Headlineअन्तराष्ट्रियखेलकुद

आरसिबी आईपीएल २०२६ को फाइनलमा, गुजरात ९२ रनले पराजित

भारत २७ मे २०२६ – १३ जेठ २०८३ –

इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो क्वालिफायर खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ले गुजरात टाइटन्सलाई ९२ रनको विशाल अन्तरले हराउँदै लगातार दोस्रो पटक र समग्रमा पाँचौँ पटक फाइनलमा स्थान सुरक्षित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले कप्तान रजत पाटीदारको विष्फोटक इनिङ्सको मद्दतमा २० ओभरमा ५ विकेट गुमाएर २५४ रनको विशाल योगफल खडा गर्‍यो।

रजत पाटीदारले जीवनदानको भरपूर फाइदा उठाउँदै अर्धशतक प्रहार गरे। चौथो विकेटका लागि उनी र कुणाल पाण्ड्या (४३ रन) बीच ९५ रनको साझेदारी भयो। आरसिबीले अन्तिम ६ ओभरमा मात्र ११४ रन जोडेको थियो।

२५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १६२ रनमै अलआउट भयो। पावरप्लेभित्रै ५ विकेट गुमाएर संकटमा परेको गुजरातका लागि राहुल तेवतियाले सर्वाधिक ६८ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन्। टोलीका ८ ब्याटरले दोहोरो अंक समेत छुन सकेनन्।

रसिबीका ज्याकब डफीले ३ विकेट लिए भने भुवनेश्वर कुमार, रासिख सलाम डार र क्रुणाल पाण्ड्याले २–२ विकेट चट्काए। गुजरातका तर्फबाट कागिसो रबाडा र जेसन होल्डरले २–२ विकेट लिए।

पराजित भए पनि गुजरात टाइटन्ससँग फाइनल पुग्ने अझै एक अवसर बाँकी छ। टोलीले अब बुधबार हुने हैदराबाद र राजस्थानबीचको इलिमिनेटर खेलको विजेतासँग शुक्रबार क्वालिफायर–२ मा प्रतिस्पर्धा गर्नेछ। आरसिबी भने उपाधि रक्षा गर्नबाट मात्र एक कदम टाढा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button