Headlineसमाचारसाहित्य

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा प्रतिष्ठित पुरस्कार तथा सम्मानहरूको घोषणा

काठमाडौँ । नेपाली वाङ्मयको संरक्षण र संवर्द्धनमा क्रियाशील संस्था दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले वर्ष २०८२ र २०८३ का लागि विभिन्न प्रतिष्ठित पुरस्कार तथा सम्मानहरूको घोषणा गरेको छ।

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साहित्य, संस्कृति र सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टा तथा संस्थाहरूलाई सम्मानित गर्ने निर्णय गरेको हो।

घोषित सम्मान तथा पुरस्कारहरूको विस्तृत विवरण यसप्रकार छ: दायित्व वाङ्मय विशिष्ट सम्मान-२०८३ वरिष्ठ साहित्यकारद्वय पवन आलोक र डा. रामप्रसाद दाहाललाई प्रदान गरिने भएको छ। दायित्व वाङ्मय सम्मान-२०८३ प्रा. माधव घिमिरे र नारायण ज्ञवालीलाई समर्पण गरिनेछ।

यसैगरी विद्वच्छिरोमणि हेमराज पुरस्कार-२०८३: प्रा. नीलमणि ढुङ्गानालाई प्रदान गरिनेछ, जसको पुरस्कार राशि २५,०००/- रुपैयाँ रहेको छ। दायित्व मुरलीदेवी-गुरुदत्त स्मृति पुरस्कार समाजसेवाको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको निःसहाय सेवा सदनलाई (राशि रु. २०,०००/-) प्रदान गरिने भएको छ।

प्रतिभा तथा स्रष्टा पुरस्कारहरू (राशि जनही रु. १५,०००/-) प्रदान गरिने जानकारी अनुसार दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार-२०८२: सरस्वती चौलागाई, दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार-२०८३: गार्गी चौलागाई, हरिकला-गुणाकर दायित्व रचना पुरस्कार-२०८२: साहित्यकार माधव काफ्ले र दायित्व सीता पन्त स्रष्टा पुरस्कार-२०८३: साहित्यकार निर्मलरमण पराजुलीलाई दिइने बताइएकाे छ ।

विक्रम संवत २०५७ सालमा विधिवत् स्थापना भएको दायित्व वाङ्मय प्रतिष्ठानले लामो समयदेखि नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि काम गर्दै आएको छ। प्रतिष्ठानका अनुसार यी सम्पूर्ण पुरस्कार तथा सम्मानहरू आगामी वार्षिक उत्सवको अवसरमा आयोजना हुने एक विशेष समारोहका बीच अर्पण गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button