कङ्गोमा इबोला संकट र विश्वव्यापी चिन्ता बढ्दै

अन्तर्राष्ट्रिय न्यूज एजेन्सी, २५ मे २०२६ (११ जेठ २०८३) – दक्षिण अफ्रिकाकाे कङ्गोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ । पछिल्ला २० दिनमा करिब २०० जनाको मृत्यु भएको जनाइएकाे छ।
विश्व स्वास्थ्य संगठन (WHO) ले यस अवस्थालाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। संक्रमण बढेसँगै स्यानिटाइजर र मास्कको मूल्य अत्यधिक बढेको छ, र अस्पतालहरूमा बिरामीको चाप उच्च छ।
अमेरिका, चीन, जापान र फ्रान्स लगायत देशहरूले इबोला जोखिमका कारण सतर्कता बढाएका छन्। ती देशहरूले विमानस्थलमा यात्रु स्वास्थ्य जाँच कडा पारेका छन् र अफ्रिकी मुलुकबाट आउने यात्रुहरूमा विशेष निगरानी राखिएको छ।
इबोला भाइरस रोग (EVD) बाट मृत्यु दर २५–९० प्रतिशत बीच रहने तथ्यांकमा उल्लेख छ। यो भाइरस पहिलोपटक सन् १९७६ मा सुडान र तत्कालीन जाइरे (हालको कङ्गो) मा देखिएको थियो।
WHOले आपतकाल घोषणा पछि विभिन्न देशहरूले कङ्गो, युगान्डा र सुडान जाने यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्। ती देशबाट फर्किने व्यक्तिमा ज्वरो, कमजोरी, वान्ता, पखाला, घाँटी वा शरीर दुख्ने लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई जानकारी दिन भनिएको छ।
यो समाचारले अफ्रिकी मुलुकमा फैलिएको इबोला संकटको गम्भीरता र विश्व समुदायको सतर्कता स्पष्ट रूपमा देखाउँछ।