Headlineअन्तराष्ट्रियसमाचार

कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेको घर परिसर सुरक्षाकाे घेरामा

बीबीसी भारत, २४ मे २०२६ (१० जेठ २०८३ वि.सं) – मुम्बइ महाराष्ट्र प्रहरीले अभिजित दीपकेको घर (छत्रपति संभाजीनगर) बाहिर प्रहरी तैनाथ गरेको छ।

प्रहरी उपायुक्त पंकज अतुलकरले वरिष्ठ अधिकारीको निर्देशनअनुसार सुरक्षा प्रदान गरिएको बताए। बीबीसी भारतका अनुसार एक प्रहरी भ्यान र अधिकारी खटाइएको छ।

भारतीय सञ्चार माध्यमले बताए अनुसार कक्राेच अभियानसंग सम्बद्ध अभिजितले सामाजिक सञ्जालमा आफूलाई धम्की आएको भन्दै स्क्रिनसटहरू सेयर गरेका छन्। उनले फेसबुकमा एक भिडियो सेयर गरेका छन्, जसमा एक युवकले उनको परिवारबारे अपमानजनक टिप्पणी गरेको देखिन्छ।

अभिजितले ट्विटरमार्फत कक्रोच जनता पार्टीको इन्स्टाग्राम ह्यान्डल पुनःस्थापित भएको जानकारी दिएका छन्। यसर्थ उनको घरमा सुरक्षा बढाइएको छ, धम्की र अपमानजनक टिप्पणीको घटनाले चासो बढाएको छ, र पार्टीको सामाजिक सञ्जाल सक्रियता पुनः सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button