Headlineप्रदेश खबर

नेपालभाषा प्रवर्द्धन गोष्ठी–११४६ कीर्तिपुरमा सम्पन्न

डा. अनिता श्रेष्ठ र सांस्कृतिक अभियन्ता शान्तकृष्ण श्रेष्ठले गरे दाेलखा जिल्लाकाे प्रतिनिधित्वः

जेठ १० काठमाडाैं – मिति २०८३ साल जेठ ९ गते ( ने.सं. ११४६ अनलाथ्वक नवमी) २०२६ मे २३ – काठमाडाैंकाे कीर्तिपुरमा नेपालभाषा एकेडेमीको आयोजनामा नेपालभाषा प्रवर्द्धन गोष्ठी–११४६ सम्पन्न भयो।

नेपालभाषा एकेडेमीद्वारा आयोजित कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट नेवार समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। जसमा दाेलखाबाट ३ जनाकाे प्रतिनिधित्व रहेका थिए ।

-चान्सलर मल्ल के. सुन्दर

गोष्ठीमा भाषा, संस्कृति र पहिचान संरक्षणका लागि मातृभाषाको प्रवर्द्धन अत्यन्त आवश्यक रहेको विषयमा छलफल गरिएको थियो। कार्यक्रममा दोलखा जिल्लाबाट सहभागी डा. अनिता श्रेष्ठ, नेवाः देय् दबूका उपाध्यक्ष शान्त श्रेष्ठ र साँस्कृतिक अभियन्ता शान्तकृष्ण श्रेष्ठकाे सहभागिता रहेकाे थियाे ।

डा. अनिता श्रेष्ठले दोलखा भाषाको प्रवर्द्धनका लागि स्थानीय नगरपालिकासँग समन्वय गरी कक्षा १ देखि कक्षा ३ सम्मको पाठ्यक्रम निर्माण गर्ने कार्य अघि बढाइएको जानकारी गराउनुभयो। त्यस्तै दाेलखाका साँस्कृतिक अभियन्ता शान्तकृष्ण श्रेष्ठले मातृभाषाकाे महत्व बुझेर नेपाल भाषा एकेडेमीद्वारा गरिएकाे ‘नेपालभाषा प्रवर्द्धन गोष्ठी–११४६’ मा सहभागी हुन पाउँदा अत्यन्त प्रसन्न भएकाे बताउनु भयाे ।

उहाँहरूले स्थानीय भाषा, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन विद्यालय तहबाटै मातृभाषा शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो। यस्ता कार्यक्रमहरूले नेपालभाषा तथा स्थानीय भाषाहरूको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

डा. अनिता श्रेष्ठ दाेलखा

नेपाल भाषा एकेडेमीकाे चान्सलर मल्ल के सुन्दरज्यूले ‘नेपालभाषा प्रवर्द्धन गोष्ठी–११४६’ मा भाग लिन विभिन्न जिल्लाबाट उत्साहपूर्वक उपस्थिति जनाएकाेमा धन्यवाद दिंदै नेपाल भाषा (नेवार भाषा) उत्पत्तिकाल देखि नै महत्त्व रहेकाे र पूर्खाहरूकाे पालादेखि चल्दै आएकाे परम्परा पछिल्लाे समयमा बिलाउने हुन् कि भन्ने चिन्ता व्यक्त गर्नुहुँदै नेपाल (नेवार) भाषाकाे निरन्तरताकाे लागि नै यस्ताे कार्यक्रम अपरिहार्य रहेकाे बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button