Headlineअपराध घटना

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ९ जेठ – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२२ बस्ने ५३ वर्षीय प्रणव लाल सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ छाउनीबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button