Headlineअन्तराष्ट्रियसमाचारसाहित्य

अमेरिकाकाे काेलाेराडाे डेनभरमा चार दिवसीय नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुँदै

काठमाडाैं ७ जेठ २०८३ – अन्तर्राष्ट्रिय नेपाली साहित्य, केन्द्रीय कार्यसमितिको आयोजनामा अमेरिकाको डेनभर, कोलोराडोमा नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन मे २२ देखि २५, २०२६ सम्म हुने भएको छ।

“नेपाली साहित्यको उज्यालो, विश्वभर हाम्रो गौरव” भन्ने नाराका साथ चार दिनसम्म हुने साे सम्मेलनमा नेपाली साहित्य, संस्कृति र नेपालीपनको विश्वव्यापी पहिचानबारे विविध सत्रहरू सञ्चालन गरिनेछन्। जसका लागि नेपाल र भारतलगायतका नेपाली साहित्यकारहरू त्यसतर्फ प्रस्थान गरेका छन् ।

पहिलो दिन स्वागत कार्यक्रम, पुस्तक दर्ता र सहभोज हुने, दोस्रो दिन उद्घाटन सत्रमा ‘Celebrating Nepali Literature in English’ लगायत विषयमा छलफल हुने जानकारी साहित्यिक पत्रकार संघ नेपालका अध्यक्ष राधेश्याम लेकालीले दिएका छन् ।

लेकालीका अनुसार तेस्रो दिन दुई हलमा समानान्तर सत्रहरू- जीवन विज्ञान, साहित्यिक पुरस्कार वितरण, कविता वाचन, र सांस्कृतिक प्रस्तुति सञ्चालन गरिनेछ। अन्तिम दिन समापन सत्र र विदाई कार्यक्रम हुनेछ।

कार्यक्रमको उद्देश्य नेपाली साहित्यको अन्तर्राष्ट्रिय पहुँच विस्तार, लेखकबीच सहकार्य, र नेपाली भाषा–संस्कृतिको गौरवलाई विश्वभर फैलाउने रहेको बताइएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button